विधवा by विमर्श दाहाल

 नसुनाऊ मलाई क्रान्ति शब्द

जीवनका शोक गीत

विछोड र विलाप

म त उही हत्केलाका घाउ

जो गाली र बारुदसँग

लडेकी छैन

बस लडेकी छु त

बेलगाम औंलाहरुसँग

नुन र चुकसँग

कोही आऊ लिएर ओखतीमुलो

र निमेषभरमै मेटाइदेऊ

मेरो अस्तित्व

ती विद्वान् आंैलाहरुले भेट्न र छुन पाउन्नन्

मेरो अस्थिको एक कण पनि ।

Comments

Popular posts from this blog

Editorial Sep/Oct 2020